बैशाख १२, २०८१, बुधबार
               

होलीमा ७ सयभन्दा बढी चालक कारबाहीमा

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उलंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन (मापसे) गर्ने, तीन जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारवाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए ।

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सम्झाउने बुझाउने गर्नुका साथै ‘तिव्र गतिमा सवारी नचलाउँ, मापसे गरेर सवारी नचलाउँ’ लेखिएका प्लेकार्ड बोकेका थिए । ड्युटी अनुगमनका लागि १५ वटा टीम पनि खटिएको उनले बताए । ट्राफिक नियम उलंघन गर्नेलाई सम्झाई बुझाई गर्ने र नमान्नेलाई कानूनी दायरमा ल्याइएको ढकालले बताए ।


कस्तो लाग्यो ?

यो पनि