काठमाडौं । रौतहटको गढीमाई नगरपालिकाबाट प्रहरीले कटुवा पेस्तोलसहित दुईजना पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रौतहटको टोलीले गढीमाई– ६ धर्मपुरको बागमती नदी किनारबाट सोमबार राति सर्लाहीको धनकौल गाउँपालिका–६ घर भएका २१ वर्षीय राजेश राम महरा र २६ वर्षिय जयनारायण राम रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद गरिएको छ ।
नियमित गस्तीमा निस्किएका प्रहरी टोलीलाई देख्ने बित्तिकै उनीहरू भाग्ने क्रममा पक्राउ परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।