असोज ०६, २०८१, आइतबार
               

दाउराले कम्मरमा हानेर अपांगता श्रीमतीको हत्या

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

विराटनगर महानगरपालिका १२ मा  एक वृद्धले मादक पदार्थ सेवन गरी सोमबार दिउँसो आफ्नै पत्नीको हत्या गरेका छन्। 

७२ वर्षीय परण ऋषिदेवले सिसौको दाउराले कम्मरमा हानेर ७० वर्षीय सवुत्रीको हत्या गरेका वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ । वृद्धा अवस्थाकी सुवत्री पाँच वर्षदेखि अपांगता जीवन बिताइरहेकी थिइन्।

शरीरको कम्मर मुनिको भाग नचल्ने उनी घिस्रिएर मात्रै यताउता जान सक्थिन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती वृद्धले मापसे गरेको खुलेको हो । 
करिब दिउँसो १२ बजे पति पत्नीबीच विवाद भएर झगडा हुँदै गरेको आफूहरुले सुनेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गराएका थिए । वृद्ध र वृद्धा प्रायः मापसे गरेर झगडा गरिरहने स्थानीयले बताएका छन् । 

अपांगता भएकी वृद्धा निक्कै लामो समयदेखि प्यारालाइसिसका कारण थलिएकी रहिछन,’ एक स्थानीयले भने,  ‘पतिले मापसे गरेर आएपछि दुई जनाबीच घरयसी विवाद भएको थियो ।’ 

स्थानीय बासिन्दाका अनुसार ऋषिदेव सुकुमबासी परिवार हो। आफ्नो नाममा केही पनि सम्पत्ति र जायजेथा नभएको यो परिवार ऐलानी जग्गामा बनाएको सानो परालको झुप्रो घरबाट जीवन निर्वाह गर्दै आएको थियो। 

ऋषिदेव दम्पत्तिका तीन छोरा छन्। ती मध्ये दुई जना अपांगता भएका छन्। उनीहरु बोल्न सक्दैनन् । 

प्रहरीले पत्नीको हत्यामा संलग्न ऋषिदेवलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेका बेला उनी मदिराको नसामा थिए। उनले धेरै मदिरा सेवन गरेको र पत्नीसँग विवाद सुरु भएपछि रिस थाम्न नसकेर दाउराले हानेको प्रहरीलाई बताएका छन्। 

वृद्धाको शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको छ। 


कस्तो लाग्यो ?

यो पनि