असोज ०६, २०८१, आइतबार
               

झापाको कञ्चनकवलमा सिटौलाद्वारा निःशुल्क स्वास्थ्य शिविर उद्घाटन

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले झापाको कञ्चनकवलमा स्वास्थ्य शिविर सञ्चालनको उद्घाटन गरेका छन् ।

उनले नेपाली कांग्रेस कचनकवल गाउँ समितिसँगको समन्वयमा सञ्चालित दुईदिने स्वास्थ्य शिविरको उद्घाटन गरेका हुन् । 

नेपाली कांग्रेस कचनकवल गाउँ समितिले शिविरबाट शिविरबाट २ हजार ३ सय २५ बिरामीले निःशुल्क स्वास्थ्य सेवा पाएकाे बताएको छ । 
समितिले शिविरमा सामान्य शल्यक्रियासमेत व्यवस्था गरिएको जनाएको छ । 

समितिले आँखामा समस्या भएका १३ जना र शरिरमा गाँठागुठी पलाएका ११ जनाको सामान्य शल्यक्रिया, ४ सय ४३ जनाको भिडियो एक्सरे, ४ सय ११ जनाको ल्याव टेस्ट र २ सय ५३ जनाको इसिजी गरिएको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि