असोज ०६, २०८१, आइतबार
               

मापसे गरेका चालकले प्रहरीलाई घुस दिन खोज्दा...

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

काठमाडौं । मापसे गरेर प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।

कलंकी चोक डिउटीमा खटिएका ट्राफिक प्रहरीले शंका लागेर सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीबाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कार चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

कार चालक श्रेष्ठले मादक पदार्थ सेवन गरेर सवारी चलाएको प्रहरीले दाबी गरेको छ ।

श्रेष्ठले डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतवार राति ट्राफिक प्रहरीले पक्राउ गरेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि