बैशाख २४, २०८१, सोमबार
               

होलीमा राष्ट्रपति र कांग्रेस सभापतिको यस्तो शुभकामना

नेपाल फ्ल्यास
फागुन २६, २०७६

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । 

राष्ट्रपतिले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा यस वर्ष पहाडी र हिमाली जिल्लामा यही फागुन २६ गते र तराईका जिल्लामा फागुन २७ गते मनाइँदै छ । 

राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्याउने विश्वास व्यक्त गरेकी छिन् । 

देउवाद्वारा शुभकामना

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको पहाड र तराईमा हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गरी होली पर्व धार्मिक तथा सांस्कृतिक पर्व भएको र अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको उल्लेख गरेका छन् ।

सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्व मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि