नेपालको धेरै स्थानमा अझै पनि माहिला र पुरुषले समान रुपमा श्रमिक ज्याला पाउन सकिरहेकाे छैन । बराबर श्रम गरे पनि ज्यालामा विभेद भइरहेकाे छ । तर साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाले लिङ्गीय श्रम विभेद न्यूनिकरण गर्न श्रमिककाे ज्यालामा एकरुपता ल्याउने निर्णय गरेकाे छ ।
महाकुलुङ गाउँपालिकामा सञ्चालित विकासे योजनामा महिला र पुरुषको पारिश्रमिक समान गर्ने निर्णय गरेको हाे । महिला र पुरुष बीचको विभेदलाई निरुत्साहित गर्ने उद्देश्यका साथ गाउँ कार्यपालिकाको १० औं बैठकले यस्तो निर्णय गरेको अध्यक्ष सागर किरातीले जानकारी दिए ।
विगतमा पुरुष प्रदान समाजका कारण पुरुषलाईभन्दा महिलालाई कम ज्याला दिने परम्परा रहेकाले यसलाई तोड्न गाउँपालिका अघि बढेको अध्यक्ष किरातीले बताए। महिलाले पनि पुरुष समान नै काम गर्न सके पनि समाजको विभेदका कारण महिला पछि परेको भन्दै यसकाे अन्त्य गर्न श्रमिक ज्याला एकरुपता कायम गरिएकाे उनले बताए ।