असोज ०६, २०८१, आइतबार
               

सडकमा निर्माण सामग्री राख्नेलाई कारवाही हुने

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

सडकमा तथा सार्वजनिक बाटोमा जथाभावी निर्माण सामग्री राखेमा कारबाही हुने भएको  छ। निर्माणका कच्चा सामाग्रीका कारण सडकमा दुर्घटना बढेको र वातावरणीय प्रदुषण भएको निश्कर्षसहित सरकारले कारवाही नीति ल्याउने तयारी गरेको छ । 

सरकारले प्रदुषण नियन्त्रणका प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा वातावरणीय प्रदुषण बढिरहेको जनगुनासो बढिरहेको बेलामा यस्तो नियम आउन लागेको हो । वातावरणीय प्रदुषण नियन्त्रणका लागि नै जथाभावी रुपम सडक छेउछाउमा निर्माण सामाग्री फाल्न नपाउने गरि नीति ल्याउने तयारी भईरहेको वातावरण विभागले जनाएको छ ।

‘निर्माणको क्रममा आवश्यक पर्ने कच्चा पदार्थ, जथाभावी रुपमा फालिएको हुन्छ, बालुवा, सिमेन्ट जथाभावी रुपमा फाल्दा त्यसको धुलोले वातावरण बिगारिरहेको छ, यसले सर्वसाधारणको स्वस्थ्यमा नकरात्मक असर निम्त्याएको छ,’ विभागककी महानिर्देशक आभा श्रेष्ठ कर्णले भनिन्, ‘सरकारले लिएको यो नीति अव छिट्टै नै सार्वजनिक हुनेछ, उल्लंघन गरेमा कारवाही हुने छ।’ वातावरणीय प्रदुषण नियन्त्रणका लागि सरकारले लिएको यो नीति अव छिट्टै नै सार्वजनिक हुने उनले जानकारी दिइन् । 

कर्णले वातावरणीय प्रदुषण नियन्त्रणका लागि प्रदेश तथा स्थानीय सरकारसँग पनि समन्वयन गरेर अगाडि बढ्ने पनि  बताइन। ‘केन्द्रिय सकारले मात्रै गरेर हुँदैन, प्रदेश र स्थानीय तहको पनि समन्वयको खाँचो छ,’ उनले भनिन् ‘अव हामी सरोकारवाला निकायहरुसँग पनि समन्वय गरेर अगाडि बढ्ने छौ, समन्वय राम्रो हुन नसक्दा हामीले पनि प्रदुषण नियन्त्रणमा प्रभावकारी नतिजा दिन सकिरहेको छैनौ, प्रदुषण नियन्त्रणमा प्रभावकारी नतिजा दिने गरी काम अगाडि बढाउने छौ ।’


कस्तो लाग्यो ?

यो पनि