मंसिर ०७, २०८१, शुक्रबार
               

सशस्त्र प्रहरीले जब आफैंलाई गोली हाने...

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

सर्लाही । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । 

सशस्त्र प्रहरी बल  नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट  घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए । 

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र  घटनामा अनुसन्धान भइरहेको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि