असोज ०६, २०८१, आइतबार
               

भेडेटारमा पनि ‘जिपलाइन’ सञ्चालनमा
आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्ला त ?

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

भेडेटारमा पनि साहासिक खेल जिपलाइन सुरु भएको छ । हाल पोखरा र धुलीखेल, र मकवानपुरगढीमा सञ्चालनमा रहेको सो खेल पुर्वमा पनि पहिलो पटक सञ्चालनमा आएको हो। करिब दुई वर्षको अध्ययनपछि ३ करोड लागतमा जिपलाइन निर्माण सम्पन्नभई संञ्चालनमा आएको हो । प्रदेश १ को पहिलो जिपलाइनको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

धरान उपमहानगरपालिका–४, भेडेटारबाट देवीथानसम्म ६५० मिटर लम्बाइको जिपलाइन निर्माण गरिएको हो । सो दूरी पार गर्न जिपलाइनलाई ४५ सेकेण्ड लाग्ने संञ्चालक कम्पनी वल्र्डवाइड ग्रुप नेपालका केदारबहादुर थापाले जानकारी दिए ।

थापाले नेपाल फ्याससंग भने ‘यहाँ भेडेटारमा पनि धुलीखेलमा जस्तै क्लासिक, सुपरम्यान र कपल (जोडी) गरी तीन तरिकाबाट खेलाइने छ । क्लासिक एक्लै झुण्डिएर र सुपरम्यानमा सुतेर यात्रा गर्नुपर्ने हुन्छ । तर यहाँ फरक भने दुईवटा तारहरु रहेका छन् । एकैसाथ दुई जनाले खेल्ल पाउनेछन् ।’ यसअघि नेपालमा संञ्चालनमा आएका धुलीखेल र पोखराका जिपलाइनमा भने ‘सिंङलग तार’ मात्र छन् । जहाँ एक पटकमा कपोल खेल बाहेक  एक जनाले मात्र खेल्न सक्नेछन् । शनिबार सुरु भएको भेडेटारको जिपलाइनमा भने ‘डबल लाईन’ रहेकाले दुई जनाले यात्रा गर्न सक्ने थापाले जानकारी दिए ।

मुख्यमन्त्री राईले भेडेटारचोकमा रिबन काटेर स्टेशनको उद्घाटन गरे । उनले भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्ने बताए । भेडेटारमा निर्माण भएसँगै नेपालमा जिपलाइनको संख्या ४ पुगेको छ । यस अघि धुलिखेल, मकवानपुरगढी र पोखरामा जिपलाइन सञ्चालित थिए ।

जिपलाई खेलेको कति छ मूल्य 

क्लासिकको १२ सय, सुपरम्यान (सुतेर)को १५ सय र कपलको १८ सयदेखि २ हजार रुपैयाँसम्म पर्नेछ । जिपलाइनमा प्रयोग गरिएका सामग्रीहरु अन्र्तराष्ट्रियस्तरमा प्रयोग भइरहेको र सफल भएको कम्पनीको हुने भएकोले सुरक्षामा कुनै समस्या नहुने थापाले बताए । उनका अनुसार तारको क्षमता ११ हजार किलो भारको छ ।  सेफ्टी बेल्ट (हार्नेस) २२ देखि २७ सय किलो भार र क्याराविनरको भार क्षमता पनि २७ सय किलोसम्मको छ । साहसिक पर्यटकहरुको ५ लाखका विमा पनि हुनेछ । भेडेटारमा जिपलाइन संञ्चालन गर्ने सञ्चालकहरुले यसअघि काभ्रेको धुलिखेलमा जिलाइन सञ्चालन गरिरहेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि