असोज ०६, २०८१, आइतबार
               

तिनाउमा डुबेर प्रदिप बेपत्ता

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

बुटवल । बुटवलस्थित तिनाउ खोलामा डुबेर एक युवक बेपत्ता भएका छन् ।

शनिवार दिउँसो रुपन्देहीका युवा तिनाउखोलामा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

दिउँसो करिव ३ बजेको समयमा तिलोत्तमा नगरपालिका –७ भलवाडीबाट पाल्पाको तिनाउ गाउँपालिका –३ ड्यामसाईडमा पौडी खेल्न आएका तीन जना मध्ये २१ बर्षीय प्रदिप रोका बेपत्ता भएका हुन् ।

भलवाडीका १७ बर्षीय सुमन सारु , सोही स्थानका १५ बर्षीय सुमित चौधरी र रोकासँगै पौडी खेल्न गएका थिए ।

त्यसक्रममा रोका तिनाउ खोलामा डुबेर बेपत्ता भएको र आईतबार बिहानैदेखि प्रहरीले खोजी कार्य जारी राखेको छ । 


कस्तो लाग्यो ?

यो पनि