असोज ०६, २०८१, आइतबार
               

पत्रकार साहका हत्या आरोपी १२ वर्षपछि पक्राउ

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

काठमाडौं । बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी पक्राउ परेका छन् । पत्रकार साहको हत्याका आरोपी कुन्दन फौजदार १२ बर्षपछि गएराती  पक्राउ परेको प्रहरीले जनाएको छ ।

आरोपी फौजदार बिशेष सूचनाको आधारमा बाराको बारागढी गाँउपालिका–६ गडहलगाँउ स्थित आफ्नै घरबाट पक्राउ परेका हुन् । 

०६४ साल कार्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाँउ नजिकैबाट तत्कालीन सशस्त्र माओबादी कार्यकर्ताले अपहरण गरेका थिए । 

साहसँगै अर्का मोटरसाईकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपिट गरी मोटरसाईकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छोडेका थिए ।

बाराको पपिरा गाँउबाट करीव ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो ।

साहको हत्यामा संलग्न रहेको आरोपमा माओबादी कार्यकर्ता हरेराम पटेललगायत दुुई जनालाई यस अघिनै प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउ परेका हत्याका आरोपी फौजदारलाई सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि