बैशाख १४, २०८१, शुक्रबार
               

लोला हान्ने, रङ र अबिर दल्ने नगरौं : गृह मन्त्रालय

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

गृह मन्त्रालयले होलीका दिनमा भेला हुने, लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्नेजस्ता कार्य नगर्न आमसर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै होलीका अवसरमा विगतमा जस्तो लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्नेजस्ता कार्य नगर्न आग्रह गरेको हो ।

त्यस्ता क्रियाकलापले शरीरमा संक्रमण बढ्न सक्ने भएकाले सचेत रहन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सरकारले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि ठूला सभासमारोह, भेला तथा कार्यक्रम गर्न यस अघि नै रोक लगाइसकेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सन्निकट होलीमा विगतमा जस्तो भिडभाड, भेला, जम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नु नगराउन अनुरोध छ ।’ गृहले कोरोनाको संक्रमण रोक्न उपभोग्य वस्तु खरिद तथा भण्डारणमा हतार नगर्नसमेत सर्वसाधारणमा अपिल गरेको छ । 

काला बजारियालाई कारवाही गर्ने चेतावनी 

कोरोनाको त्रासका कारण सर्वसाधारणले दैनिक उपभोग्य वस्तुका साथै ग्याँस भण्डारण गर्न थालेपछि गृह मन्त्रालयले सर्वसाधारणलाई आश्वस्त पार्दै आएको छ । मन्त्रालयले कालोबजारी वा कृतिम अभाव गराइएको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्नसमेत सबैमा आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि