जेठ ०३, २०८१, बिहीबार
               

नवलपरासीमा गोली चल्यो, एक जनाको अवस्था चिन्ताजनक, दुई जना पक्राउ

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

नवलपरासी। पूर्वी नवलपरासीको कोल्हुवामा एक जड्याहालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना सख्त घाइते भएका छन् । दुई जना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका–३ कोल्हुवा बजारमा शनिबार राति पौने ११ बजे प्रहरीले गोली चलाउँदा स्थानीय प्रेम महतोको पेट र खुट्टामा लागेको प्रहरीले जनाएको छ। उनको अवस्था चिन्ताजनक छ । महतोको चितवनस्थित पुरानो मेडिकल कलेजमा आइतबार बिहानैदेखि शल्यक्रिया शुरु भएको जनाइएको छ । प्रहरीले स्थानीय मुना महतो र सुरज महतोलाई पक्राउ गरेको छ ।

शनिबार राति ड्युउटीमा रहेका कोल्हुवा प्रहरी चौकीको टोलीलाई निहरुहरुले आक्रमण गरेका थिए । भित्री सडकमा चेक गर्ने क्रममा मादक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा आएका उनीहरुले प्रहरीलाई हातपात र खुकुरी प्रहार गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको एसपी दिपक रेग्मीले बताए ।
 


कस्तो लाग्यो ?

यो पनि