असोज ०६, २०८१, आइतबार
               

आज ११० औं अन्तराष्ट्रिय नारी दिवस, विश्वभर मनाइँदै

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

आज ११० औं अन्तराष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । 

नारी दिवसका अवसरमा यसअघि सरकारी तवरबाटै कार्यक्रम हुने गरेका थिए । तर, कोरोना भाइरसको त्रासका कारण यस पटक भने नेपालमा औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको कार्यक्रम स्थगित भएको छ ।

नारी दिवसको ईतिहास
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तराष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्रा्ष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ । यो मार्च महिना भर नै मनाइने छ ।
 


कस्तो लाग्यो ?

यो पनि