असोज ०६, २०८१, आइतबार
               

जग्गा अतिक्रमण गर्नेलाई सशस्त्रले हटायो

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल तालिम शिक्षालयको जग्गा अतिक्रमण गरेर बसेका ४२ परिवारलाई हटाइएको छ । एक वर्ष अघिदेखि पटकपटक उनीहरूलाई हट्नका लागि अनुरोध  गर्दा समेत बेवास्ता गरेपछि बल प्रयोग गरेर हटाइएको सशस्त्र प्रहरी बल तालिम शिक्षालयका प्रमुख सुधीरजङ्ग थापाले जानकारी दिए ।
 शिक्षालयको ८० बिघा जग्गा विगत १६ वर्षदेखि सुकुम्वासीको नाममा ४२ परिवारले अतिक्रमण गरेका थिए । गत असारमा गाउँपालिकाको रोहबरमा अतिक्रमणकारीसमेतको उपस्थितीमा बसेको सर्वपक्षीय बैठकले पुस मसान्तसम्ममा जग्गा खाली गर्ने सहमति भएको थियो । 

तर सहमतिबमोजिम जग्गा खाली नगरिएपछि शिक्षालयले स्थानीय पत्रपत्रिका, रेडियो र टेलिभिजनमा पुस २८ गते सूचना प्रकाशन प्रसारण गरेर उनीहरूलाई हट्न १५ दिनको म्याद दिएको थियो । शिक्षालयले माघ १५ गते उनीहरूको घरघरमा सूचना टाँस गरेर माइकिङ गरेर पुनः अतिक्रमित जग्गा खाली गर्न अनुरोध गरेता पनि बेवास्ता भएपछि हटाउनुपरेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सार्वजनिक जग्गा हडपेर बस्नेलाई सकेसम्म आफैँ छाडेर जान अनुरोध गर्दै पत्राचार गर्ने र अटेर गरेमा बल प्रयोग गरेर हटाउने सरकारको नीति रहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि