असोज ०६, २०८१, आइतबार
               

कोभिड –१९ को प्रभावकारी जाँच गर्न निर्देशन

नेपाल फ्ल्यास
फागुन २४, २०७६

सांकेतिक
ADVERTISEMENT

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सीमा नाकामा कोरोना भाइरस ( कोभिड –१९ )काे प्रभावकारी जाँच गर्न निर्देशन दिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बाँकेको जमुनाहकास्थित नेपाल–भारत सीमा नाकामा सञ्चालित स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) को  आज अवलोकन गर्दै उनले नेपाल प्रवेश गर्ने सबैमा जाँच गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका हुन् । 
सो अवसरमा  राज्यमन्त्री रावतले आफ्नो जाँचसमेत गरे । नाकाबाट आउने यात्रुकोे प्रभावकारी स्वास्थ्य परीक्षण हुँदै आएको सो उपमहानगरपालिका स्वास्थ्य  शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।
स्वास्थ्य कार्यालयको समन्वयमा नेपालगञ्ज विमानस्थलबाट बाहिरिने र भित्रिने हवाई यात्रुलाई लक्षित गरी परीक्षणकक्ष स्थापना गरिएको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि