जेठ ०६, २०८१, आइतबार
               

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका प्रहरीको नियन्त्रणमा

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

कम नम्बर ल्याएको भन्दै विद्यार्थीको  हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई बानेश्वर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो । 
विद्यालयले उनलाई विद्यार्थीको हात चिरेको भन्दै आज विद्यालयबाटै निकालेको थियो । 

उनले बिहीबार कम नम्बर ल्याएको भन्दै कक्षा ६ र ७ का ३४ जना विद्यार्थीको हात सिसाकलम तिखार्ने ब्लेडले चिर्न लगाएकी थिइन् ।  


कस्तो लाग्यो ?

यो पनि