जेठ ०४, २०८१, शुक्रबार
               

मन्त्री भट्टको नागरिकलाई अनुगमनकर्ता बन्न आग्रह

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नागरिकलाई अनुगमनकर्ता बन्न आग्रह गरेका छन् । भट्टले कोरोना भाइरसको हल्ला चलाएर बजारमा अत्यावश्यक वस्तुहरुको अभाव सिर्जना गरी  कालोबजारी गर्नेहरुको जानकारी सरकारलाई  दिई अनुगमनकर्ता बन्न आग्रह गरेका हुन् । 

शनिबार एक कार्यक्रममा बोल्दै मन्त्री भट्टले खाना पकाउने, ग्यास, पोट्रोलियम पदार्थ, नुन, चिनीलगायत अतिआवश्यक वस्तु बजारमा पर्याप्त रहको बताए । साथै उनले कसैले लुकाएर कालोबजारी गरेको पाइए तुरुन्त मन्त्रालयमा फोन गर्नसमेत आग्रह गरे । 

उनले भने, ‘उहाँले भारतले नेपालका लागि आवश्यक पर्ने औषधि सहज उपलब्ध गराउने जनाइसकेकोले कुनैपनि औषधिको अभाव हुँदैन ।’ 
 

यो पनि