असोज ०६, २०८१, आइतबार
               

विद्यार्थीको हात चिर्ने शिक्षिकालाई विद्यालयले दियाे बिदा

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

विद्यार्थीको हात चिर्ने शिक्षिकालाई  विद्यालयले बिदाइ दिएको छ ।

शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई  काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीले बिदाइ गरेको हो । उनले कम नम्बर ल्याएको कक्षा ६ र ७ का ३४ जना विद्यार्थीको हात चिर्न लगाएकी थिइन् ।

उनले राम्रो नम्बर नल्याउने विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले ती विद्यार्थीको हात चिर्न लगाएकी थिइन् । 

शिक्षा नियमावलीमा  विद्यार्थीलाई तर्साउने भन्दा पनि फकाइफुलाई गरी शिक्षकसाथी बनी विद्यार्थीलाई सिकाउनुपर्छ भनी उल्लेख छ । 
 


कस्तो लाग्यो ?

यो पनि