असोज ०६, २०८१, आइतबार
               

चार करोडको सामानसहित १५ जना पक्राउ

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

रौतहटस्थित सशस्त्र प्रहरीको छुुट्टाछुटै गस्ती टोलीले चार करोडभन्दा बढीको अवैध सामानसहित १५ जना तस्करलाई पक्राउ गरेको छ । यस आर्थिक वर्षको साउनदेखि हालसम्म सशस्त्र प्रहरी गस्ती टोलीले भन्सार छली भित्र्याइएको चार करोड ७१ लाख बराबर भारतीय सामानसहित १५ जना तस्करलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैजनालाई नेपाल प्रहरीमार्फत कारवाहीको दायरामा ल्याइएको र बरामद सामान आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय बुुझाइएको सशस्त्र प्रहरी रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले बताए । 

    त्यसैगरी सशस्त्र प्रहरीले यस आवको साउनदेखि हालसम्म लागुुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । गत फागुन २१ गते बुधबार सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेलबिछवाको गस्ती टोलीले राजदेवी नपा–८ लक्षमीपुर बडहर्वा सडकखण्डमा भारत विहार बैरगनिया–१३ का रोहित पासवानलाई पाँच किलो २०० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।

    यसअघि गत पुस १ गते सशस्त्र प्रहरीले लागुुऔषध ३०० ट्याबलेट नाइटोभेटसहित एकजनालाई बङ्कुलबाट र गत गत असोज २५ गते गौरबाट लागुुऔषध एक किलो गाँजासहित एकजनालाई पक्राउ गरेको थियो । हिन्दुूको पर्व होली नजिकिँदै जाँदा रौतहटको बेलबिछवा, महादेवपटी, औरैया, बनजरहा, जयनगर, मठिया, रामपुर नरकटिया, बङ्कुल र बाराको कर्चोवा, सिम्रौनगढ, पिपरपाती, मटिअर्वा, कबहिगोठ, मुसहर्वालगायत सीमा नाकाबाट भारतीय सामानको चोरी–तस्करी बढेको छ ।

चोरी–तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी मध्यक्षेत्रीय वाहिनी बर्दिबासले रौतहट र बारामा दुुईजना नायब प्रहरी उपरीक्षकको कमान्डमा विशेषटोली खटाइए पनि नियन्त्रण हुन सकेको देखिएन ।


कस्तो लाग्यो ?

यो पनि