असोज ०६, २०८१, आइतबार
               

डोटीमा रुघाखोकी र ज्वरोबाट ३२ विद्यार्थी बिरामी

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

डोटीको जोरायलमा रुघाखोकी र ज्वरोबाट ३२ जना विद्यार्थी प्रभावित भएका छन्। जोरायल गाउँपालिका ५ को जनप्रिय आधारभूत विद्यालयको छात्रवासमा बस्दै आएका ३२ भन्दा बढी विद्यार्थीमा रुघाखोकी र भाइरल ज्वरोको प्रकोप देखापरेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले रुघाखोकी र ज्वरोबाट विद्यार्थीहरु प्रभावित भएको खबरपछि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले प्रारम्भिक स्वास्थ्य परीक्षणमा विद्यार्थीहरुमा ज्वरो र रुघाखोकी लागेको पाइएको बताए।

उनले स्थानीय स्वास्थ्य चौकीमा समान्य उपचार गरिएपछि जिल्लाबाट समेत स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए। मलासीले मौसमी ज्वरो भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको जनाएका छन्। 

यो पनि