असोज ०६, २०८१, आइतबार
               

डिआइजी सुब्बाद्वारा राजीनामा

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

नेपाल प्रहरीका डिआइजी  डा. राजीव सुब्बाले राजीनामा दिएका छन् । उनले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसमक्ष राजीनामा बुझाएका हुन् । डिआइजीमा रहँदा उनको सेवावधि अझै एक वर्ष बाँकी थियो ।

नेपाल प्रहरीमा  प्राविधिकतर्फका उनी यस समूहमा माथिल्लो पद नभएकाले उनले राजीनामा बुझाएको हुन सक्ने प्रहरी प्रधान कार्यालयको अनुमान छ । यद्यपि उनले आफ्नो राजीनामाबारे केही बताएका छैनन् ।

उनको राजीनामा स्वीकृत भने भइनसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यो पनि