असोज ०६, २०८१, आइतबार
               

धनकुटाको साँगुरीगढीमा बस दुर्घटनामा २५ घाइते, दुईको अवस्था गम्भीर

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

धनकुटामा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । धनकुटा कोसी राजमार्गअर्न्तगत साँगुरीगढी गाउँपालिका ६ कार्कीछाप नजिक शुक्रबार दिउँसो बस दुर्घटना भएको हो । 


धरानबाट धनकुटातर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको बस अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो । धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुर्घटनाका सबै घाइतेको उपचार भइरहेको छ । 

उनीहरुको टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका दीपक खड्काले बताए । दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।  

बस चालक साँगुरीगढी गाउँपालिका १ का २५ वर्षीय प्रदीप लिम्बूलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । बस पल्टिएपछि सडक एकतर्फी रुपमा मात्र चलेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि