असोज ०६, २०८१, आइतबार
               

अनुमति नलिएका म्यानपावरलाई विश्वास नगर्न विभागको आग्रह

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

अनुमति नलिएका म्यानपावर कम्पनीलाई विश्वास नगर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागबाट इजाजतपत्र नलिएका म्यानपावर कम्पनीहरुले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाउन थालेको सूचना पाएपछि सतर्क रहन विभागले आग्रह गरेको हो । 

अनुमति नलिएका म्यानपावरले विदेश पठाइदिने भन्दै पैसा असुली गरेमा गैरकानुनी हुने भन्दै विभागले त्यस्ता म्यानपावरलाई विज्ञापन प्रकाशित नगर्नसमेत निर्देशन दिएको छ । नियमविपरीत विज्ञापन प्रकाशित गरे वा रकम मागे कानुनबमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

वैदेशिक रोजगारीका लागि जापान वा अन्य कुनै देश जान चाहने व्यक्तिले म्यानपावरबारे सम्बन्धित निकायसँग राम्ररी बुझेर मात्र प्रक्रिया अगाडि बढाउन पनि विभागले आग्रह गरेको छ ।

यो पनि