असोज ०६, २०८१, आइतबार
               

एसइई परीक्षा पूर्वनिर्धारित समयमै हुन्छ : शिक्षा मन्त्रालय

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई परीक्षा २०७६ पूर्वनिर्धारित समयमै हुने बताएको छ । 

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा एसइई स्थगित र विद्यालयहरु बन्द गर्ने भन्ने गलत समाचार प्रवाह भएको भन्दै मन्त्रालयले शुक्रबार (आज) यस्तो जनाएको हो । साथै मन्त्रालयको विज्ञप्तिमा गलत समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘चैत ६ गतेदेखि हुनेगरी तय भएको एसईईको परीक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ । अतः परीक्षा सारेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक्ता वा औचित्यका आधारमा थप निर्णय भएमा यस मन्त्रालयअन्तर्गतका आधिकारिक वेभसाइटमार्फत एवम् सार्वजनिक सञ्चारमाध्यमबाट त्यस्तो सूचना शीघ्र सम्प्रेषण गर्नेछौँ ।’
 


कस्तो लाग्यो ?

यो पनि