असोज ०६, २०८१, आइतबार
               

बलात्कार आरोप लागेका पूर्वडिएसपीमाथि अनुसन्धान गर्न ७ दिनको म्याद

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका पूर्वडिएसपी राजकुमार खिउजूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । 

उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार भक्तपुरबाट नियन्त्रणमा लिएको थियो । 

ललितपुरकै महांकाल गाउँपालिकाकी युवतीले आफूमाथि खिउजूले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । 

उनलाई प्रहरीले बिहीबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराएकोमा अदालतले ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने अनुमति दिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

खिउजू महानगरीय प्रहरी बृत्त चापागाउँको डिएसपी हुँदा ती युवतीलाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको आरोप छ।  


कस्तो लाग्यो ?

यो पनि