असोज ०६, २०८१, आइतबार
               

प्रधानमन्त्रीकाे मिर्गौला प्रत्यारोपणमा संलग्न भारतीय चिकित्सक फर्किए

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री  केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा सहयोगका लागि भारतबाट बोलाइएका वरिष्ठ युरोलोजिष्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. अनन्त कुमारसहितको टोली फर्किएका छन् । प्रा. डा. अनन्तसहित नेफ्रोलोजिष्ट डा. दिनेश खुल्लर र अर्का एक चिकित्सक प्रत्यारोपणमा सघाउन नेपाल आएका थिए।

१३ वर्षअघि प्रा.डा. अनन्त कुमार नेतृत्वको चिकित्सकीय टोलीले ओलीलाई पहिलो पटक प्रत्यारोपण गरेको थियो। प्रधानमन्त्री ओलीको ०६४ सालमा पहिलो पटक भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. उत्तमकुमार शर्मा र प्रा.डा. प्रेम ज्ञवालीले नेतृत्वदायी भूमिका खेलेका थिए।  


कस्तो लाग्यो ?

यो पनि