बैशाख २५, २०८१, मंगलबार
               

झापामा खैरो हिरोइनसहित दुई जना समातिए

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

झापाको मेचीनगर–६ भन्सार मुलगेट अगाडिबाट लागुपदार्थसहित दुई जना प्रक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ का २७ वर्षीय निशान राई र झापा दमक–१ का २४ वर्षीय रोशन पोद्दार रहेका छन्।

बिहीबार अपराह्न करिब ३ बजे को ९ प ३६३१ नम्बरको मोटरसाइकलमा भारततिरबाट आएका दुवै जनालाई नियन्त्रणमा लिएर मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्यांकीभित्र प्लास्टिकमा पोको पारेर राखिएको २६ ग्राम खैरो हिरोइन ‘ब्राउन सुगर’ बरामद गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि