जेठ ०६, २०८१, आइतबार
               

चट्याङ लागेर १ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
फागुन २२, २०७६

hatya
ADVERTISEMENT

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मागाउँमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार ६० वर्षीया जसुदेवी ओलीकाे मृत्यु भएकाे हाे । 

बुधबार राति करिब साढे ६ बजेको समयमा घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङ लागेर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए । घटनास्थल जान सायल प्रहरी चौकीबाट पैदल चार घण्टा लाग्ने भएको हुँदा प्रहरी टोली घटनास्थलमा गएको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि