असोज ०६, २०८१, आइतबार
               

अवैध भारतीय नोटसहित काठमाडौं आउँदै गरेका युवा पक्राउ

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

इलाका प्रहरी कार्यालय भैंसेबाट खटिएको प्रहरी टोलीले अवैध भारतीय नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। 

मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर १ भैंसेबाट भारत बिहारको मोतिहारी ग्राम किसमपुर थाना पिपराकोठी बस्ने २४ वर्षीय निरज कुमार जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ३३५१ नं को यात्रुवाहक सुमो रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार जैसवालको साथबाट १ लाख ८३ हजार ४ सय ८० भारतीय रुपैयाँ र २ लाख २० हजार २ सय २५ नेपाली रुपैयाँ फेला परेपछि निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समातिएका जैसवाललाई बरामद नोटसहित थप अनुसन्धान तथा कारबाहीका लागि पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।

यो पनि