असोज ०६, २०८१, आइतबार
               

आगलागीमा घर जलेर नष्ट

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

मोरङ । मोरङको बेलबारी ११ भागमारीमा एक घरमा आगलागी भएको छ । बिहीबार बिहान नरबहादुर तामाङको घरमा आगलागी हुँदा आठ लाख मूल्यबराबरका क्षति भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

टिनको छानो भएको घरमा ग्याँस लिक भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । आगो बेलबारी तथा सुन्दरहरैचा नगरपालिकाको दमकल स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । यसैगरी आगलागी पीडितलाई बेलबारी नगरपालिकाले राहत बाँडेको छ ।

पहिलो चरणमा खाद्यान्न , लत्ताकपडा , तथा भाँडाकुँडा वितरण गरिएको नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । पीडितको घर बनाउनसमेत सहयोग गर्ने नगरपालिकाले बताएको छ ।  तामाङसँगै जोडिएको अर्को घरमा समेत आगो लागेको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि