असोज ०६, २०८१, आइतबार
               

बढी मूल्यमा मास्क बेचे कारबाही हुने

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले मास्क बढी मूल्यमा बेचेको पाइए कारबाही गर्ने बताए ।

साथै उनले उनले मास्क बढी मूल्यमा बेचेको थाहा पाए वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन पनि आग्रह गरेका छन् । त्यस्तै, उनले मास्क लुकाउनेलाई धमाधम कारबाही गरिरहेको पनि बताए ।

उनले अहिलेसम्म मास्क लुकाउने क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ र बिलबिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्स र सचिन ट्रेड कन्सर्नलाई  क्रमशः २० हजार र १० हजार सरकारले जरिवाना गरिएको उनले जनाकारी दिए ।

उनले बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न पनि आग्रह गरे । 


कस्तो लाग्यो ?

यो पनि