असोज ०६, २०८१, आइतबार
               

ठूला कार्यक्रम नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति निकालेर होलीलगायत ठूला कार्यक्रम नगर्न आग्रह गरेको छ ।

कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होलीलगायत) कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन पनि सबैमा अनुरोध गरेको छ । 

कार्यालयले महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रम नगर्न आग्रह गर्दै बिहीबार विज्ञप्ति निकालेर यस्तो आग्रह गरेको हो । 

कारोनाबाट वञ्चितीकरणका लागि भन्दै आइतबार बसेको मन्त्रिपरिषद्ले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । योसँगै सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि ठूला भेला, सभा नगर्ने निर्णय गरिसकेका छन् ।     


कस्तो लाग्यो ?

यो पनि