बैशाख २२, २०८१, शनिबार
               

आइजीको आडमा रासन घोटाला !

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

ललितपुर । रासन घोटाला प्रकरणमा दोषी देखिए पनि सशस्त्र प्रहरी बल दक्षिणकाली गणका गणपति एसपी सुरेशकुमार श्रेष्ठलाई अझै कारवाही भएको छैन । उनलाई कारबाही गर्नुको सट्टा सशस्त्र प्रहरीको नेतृत्वको आडमा अनुसन्धान प्रतिवेदन नै लुकाइएको तथ्य उजागर भएको छ ।

सशस्त्र प्रहरी बल गठन भएसँगै प्रहरी निरीक्षकको पहिलो भर्ना अर्थात् सिसं. १ को १ नम्बरकै एसपी सुरेशकुमार श्रेष्ठले गणका प्रहरीहरूलाई ‘आउट’ छोडी उनीहरूलाई रासनको रकम अपचलन गरेको प्रमाणसहितका निवेदनहरू हेलो सरकारमा परेपछि उनीविरुद्ध छानबिन सुरु भएको थियो ।

हेलो सरकारकै उजुरीका आधारमा सशस्त्र मुख्यालयले तत्कालीन एसएसपी वंशी दाहाल, कानुन शाखाका डिएसपी युवराज अर्यालसहितको अनुसन्धान टोली गठन गरेको थियो । 

सो टोलीले एक महिना लगाएर गरेको छानबिनपछि एसपी श्रेष्ठलाई दोषी ठहर गर्दै प्रतिवेदन बुझाएको थियो । तर प्रतिवेदनमा दोषी देखिए पनि एसपी श्रेष्ठलाई अहिलेसम्म कारबाही भएको छैन ।

सशस्त्र प्रहरी बलका आइजी शैलेन्द्र खनालको मिलेमतोमा यो प्रकरणको ढाकछोप प्रयास भएको हल्चोक स्रोतले बतायो । दुक्की कारोबारीका ‘स्लिपिङ पार्टनर’ रहेका आइजी खनाल यस्ता अनियमितताका ‘सेटिङ मास्टर’ मानिन्छन् । 

गृहमन्त्रालयको चर्को दबाब र खनालको सेटिङमा एसपी श्रेष्ठलाई कारबाही नगरी जोगाइएको सशस्त्रका एक वरिष्ठ अधिकारीले बताए । सुनसरीस्थित गणको प्रमुख भएका एसपी श्रेष्ठलाई ६ महिना बित्न नपाउँदै सेटिङमा दक्षिणकाली गणको प्रमुख बनाइएको थियो । जबकि सशस्त्रको सरुवा नियमावलीअनुसार एक वर्ष नपुगी सरुवा नगर्ने उल्लेख छ । 

तर श्रेष्ठलाई भने आम्दानीका हिसाबले अति आकर्षक मानिने दक्षिणकाली गणमा ६ महिनामै नै सरुवा गरी ल्याइएको थियो । गृहको आड र आइजीको निगाहमा रासन काण्डमा दोषी देखिए पनि एसपी श्रेष्ठ कारबाहीबाट बचेका थिए ।

एसपी श्रेष्ठ दक्षिणकाली गणमा सरुवा भएको गत पुसमा एक वर्ष बितिसके छ । दोषी देखिएपछि पनि उनको अझै सरुवा भएको छैन । 


कस्तो लाग्यो ?

यो पनि