असोज ०६, २०८१, आइतबार
               

काठमाडौं आइपुगिन् विश्व सुन्दरी

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

काठमाडौं । मिस वर्ल्ड २०१९ विजेता टोनी–एन सिंह (जमैका) नेपाल आइपुगेकी छन् । टोनी विहिबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् ।  विश्व सुन्दरीलाई स्वागत गर्न मिस नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठ विमानस्थनल पुगेकी थिइन् ।

संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।

गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई २५ औं वार्षिकोत्सवमा निमन्त्रणा गरेको थियो ।

सोही निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् ।

नेपाल भ्रमणको क्रममा मिस वर्ल्ड अर्गनाइजेसन समूहले नेपालमा मिस वल्र्ड प्रतियोगिता आयोजना गर्ने सम्भावनाको बारेमा समेत अध्धयन गर्नेछ । 

मिस वर्ल्ड अर्गनाइजेसन समूहले मिस वर्ल्डमा ‘विउटी विथ पर्पोज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्ला समेत भ्रमण गर्ने मिस नेपाल आयोजक हिडेन ट्रेजरले जनाएको छ ।

मिस वर्ल्ड अर्गनाइजेसनको टोली मार्च ७ मा फर्कने कार्यक्रम छ ।


कस्तो लाग्यो ?

यो पनि