असोज ०६, २०८१, आइतबार
               

मन्त्री सवार विमान काठामाडौंमा आपतकालीन अवतरण

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्याल सवार यति एअरलाईन्सको विमान काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।

आज बिहान ८ः४५ बजे काठमाडौंबाट पोखराका लागि उडेको विमान प्राविधिक कारणले गन्तव्यसम्म नपुग्दै पुनः काठमाडौं विमानस्थलमा आपतकालीन अवतरण भएको हो । 

विमान उडेको १० मिनेटमै काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।

विमानमा सवार सम्पूर्ण यात्रु सकुशल रहेको एअरलाईन्सले बताएको छ । 

यसपछि अर्को विमान प्रयोग गरेर मन्त्री अर्याल पोखरा जाने तयारीमा रहेको उनकी प्रेस संयोजक देवीका घर्तीले बताइन् ।


कस्तो लाग्यो ?

यो पनि