जेठ ०६, २०८१, आइतबार
               

जन्ती बोकेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ३० घाइते

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तीमा तीन जनाको मृत्युभएको बताइएको छ भने ३० जना घाइते भएका छन् । 

जन्ती लिएर मकवानुर गढीबाट सुकौैराको सात कन्यातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस गौरीभञ्ज्याङमा दुर्घटनामा परेको हो ।  ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक र घाइतेको पहिचान खुलिसकेको छैन । ज्यान गुमाउनेमा सबै पुरुष छन् । उनीहरुको शव हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि