जेठ ०७, २०८१, सोमबार
               

बलात्कार आरोपित डिएसपी खिउजू भक्तपुरबाट पक्राउ

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

बलाकात्कारको आरोप लागेका पूर्वडीएसपी राजकुमार खिउजू पक्राउ परेका छन् । उनलाई महानगरिय प्रहरी परिसर ललितपुरले बुधबार साँझ ५ बजे भक्तपुरबाट पक्राउ गरेको जनाएको छ । 

ललितपुरकै एक युवतीमाथि पटक पटक बलात्कार गरेको उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी प्रमुख रहेका वेला पूर्वडीएसपी खिउजूमाथि बलात्कारको आरोप लागेको थियो ।

खिउजूले प्रहरीबाट स्वेच्छिक अवकाश लिइसकेका थिए। पीडित युवतीले २२ माघमा ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

खिउजूलाई पक्राउ गर्न प्रहरीले २३ माघमा अनुमति पाए पनि उनी ‘फरार’ थिए। आज पक्राउ परेका खिउजूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खउजूलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीले भोलि अदालतसँग म्याद लिनेछ। 


कस्तो लाग्यो ?

यो पनि