जेठ ०७, २०८१, सोमबार
               

बलात्कार आरोप लागेका प्रदेश सांसदद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

एक महिलामाथि बलात्कार प्रयासको आरोप लागेका प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । 

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा रावलविरुद्ध उजुरी दिएकी थिइन् । 

एक सातापछि सुदूरपश्चिम प्रदेशसभाका सदस्य रावल आफैं जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका हुन्। 

प्रदेश सभाका सदस्य रावलविरुद्ध १४ फागुनमा उजुरी परेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। जाहेरीमा रावलले आफूमाथि २१ माघमा जबर्जस्ती करणीको प्रयास गरेको ती महिलाले आरोप लगाएकी थिइन् । 

महिलाको उजुरीपछि पक्राउ पुर्जी जारी गरेको प्रहरीले रावललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी बस्नेतले बताए। प्रहरीले रावललाई हिरासतमा राखेर थप अनुसन्धान गर्न २२ फागुनमा अदालतबाट अनुमति लिने बताएको छ।

रावल अछाम क्षेत्र नम्बर २ ख बाट निर्वाचित नेकपाका सांसद हुन्। उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतकसमेत छन्।

यो पनि