जेठ ०४, २०८१, शुक्रबार
               

पाल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १० जना घाइते

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

पाल्पामा जिप दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छन् भने १० जना घाइते भएका छन्। बुटवलदेखि गुल्मीको शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४२८ नम्बरको जिप तानसेन नगरपालिका १४ अर्गलीस्थित कुँडापानीमा दुर्घटना भएको हो। 

मृत्यु हुनेमा रुपन्देही सैनामैना नगरपालिकाका ५५ वर्षीया धनकली विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । विकलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटना परी घाइते हुनेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

सैनामैना नगरपालिका १ का २४ वर्षीय सुरेस विक, सोही ठाउँका २० वर्षीय रोशन विक, २१ वर्षीय सुवास विक, ४५ वर्षीया निना विक, गुल्मीको चन्द्रकोट गाउँपालिका ५ का ५० वर्षीय रामबहादुर थापाको अवस्था सामान्य छ। 

घाइतेमध्ये गोरखाको भीमसेन नगरपालिका ८ का २७ वर्षीया मुना भट्ट, रुपन्देहीको देवदह नगरपालिका १० का ३८ वर्षीया मनमाया सुनार, बागलुङको गलकोट नरगपालिका ८ का ४० वर्षीय जोनु सुनार, बागलुङको बरेङ नगरपालिका ५ का २४ वर्षीय रेशम सुनार, रुपन्देहीको सैनामैना नगरपालिका १ का ६५ वर्षीय पदमबहादुर सुनारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते सबैको तानसेनस्थित लम्बिनी मेडिकल कलेज प्रभासाम उपचार भइरहेको छ। जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 


कस्तो लाग्यो ?

यो पनि