जेठ ०२, २०८१, बुधबार
               

सचिव छान्ने डिआइजी !

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

काठमाडौँ । स्वास्थ्य मन्त्रालयमा सरुवा भएका सचिव यादव कोइराला गृह प्रशासनका लागि अनुभवी हुन् । अधिकृतदेखि सहसचिवसम्मको अधिका‌ंश समय उनी गृहमा बसे । 

फाट्टफुट्ट बाहेक कोइराला गृहबाहिर गएनन् । लामो समय गृह मन्त्रालयमा बसेका कारण उनलाई गृहका लागि अनुभवी मानिन्छ । उपसचिवका रूपमा  जनआन्दोलन २०६२/०६३ मा गृह मन्त्रालयबाटै गणतन्त्रको पक्षमा जुलुसको नेतृत्व गर्ने उनै कोइराला थिए । 

गृहका कर्मचारीहरूले पनि उनलाई अनुभवी सचिव आउन लागेको भन्दै सकारात्मक सोच बनाएका थिए । तर जब उनलाई ल्याउन नेपाल प्रहरीका एक जना डिआइजी दौडधुपमा लागे त्यसपछि भने गृह मन्त्रालयका कर्मचारीले उनीप्रतिको दृष्टिकोण नै बदलियो । 

चार वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी भएका कोइराला गृहकै शान्ति सुरक्षा महाशाखा प्रमुख र प्रवक्ता पनि भए । त्यहीँबाट सचिव बढुवा भएका कोइराला महानगरपालिका हुँदै संघीय मामिला मन्त्रालयमा पुगेका थिए । 

तत्कालीन सचिव दिनेश थपलियाको अवकाससँगै करिब १० महिना संघीय मन्त्रालयमा बिताएका कोइराला गृह मन्त्रालयमा सरुवा हुन चाहन्थे । गृहका कर्मचारीहरूले पनि उनलाई अनुभवी सचिव आउन लागेको भन्दै सकारात्मक सोच बनाएका थिए । तर जब उनलाई ल्याउन नेपाल प्रहरीका एक जना डिआइजी दौडधुपमा लागे त्यसपछि भने गृह मन्त्रालयका कर्मचारीले उनीप्रतिको दृष्टिकोण नै बदले । 

सचिव र नेपाल प्रहरीको आइजीको 'पोर्टफोलियो' समान भए पनि मर्यादाक्रममा सचिव माथि हुन्छन् । आइजिपीलाई दर्ज्यानी चिन्ह पनि सचिवले नै दिन्छन् । तर सचिव नै डिआइजीको काँधमा चढेर गृह मन्त्रालय आउन शक्ति केन्द्र किन धाउँछन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ । विभिन्न शक्ति केन्द्रमा डिआइजी विश्वराज पोखरेलले बोकेर हिँडे पनि कोइरालाको सरुवा भने गृहमा भएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत महेश्वर न्यौपाने गृहमा आए । 

खेलको सुरुवात 

महानगरीय प्रहरी आयुक्त कार्यालयमा कार्यरत डिआइजी पोखरेल आफू एआइजीमा बढुवा हुन चाहन्थे । आफूभन्दा नौ महिनाअघि भर्ना भएका शैलेश थापा, हरि पालसँगै एआइजी हुने दौडमा लागेका पोखरेलले राजनीतिक शक्ति केन्द्रसँगको सम्पर्कसँगै आफ्नै जिल्लावासी सचिव कोइरालालाई गृहमा ल्याउन अहोरात्र दौडधुप गरे । 

संघीय मामिला मन्त्रालयका सचिव कोइरालालाई गृहमा ल्याउन उनले सुरुमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई आग्रह गरेको मुख्यसचिव निकट स्रोतले बतायो । मुख्यसचिव रेग्मी र पोखरेल कलेजका सहपाठी हुन् । सहपाठी भएकाले उनीहरुबीचको सम्बन्ध निकै राम्रो छ । मुख्यसचिव रेग्मीमार्फत कुरा गरे पनि रेग्मीले सोझै प्रधानमन्त्रीलाई भन्ने अवस्था छैन । कुनै समय एसपीबाट एसएसपीमा बनाउन तिनै मुख्य सचिव रेग्मीले पोखरेललाई काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुर्‍याएका थिए ।

प्रधानमन्त्रीसँग 'केमेस्ट्री' नमिलेका कारण सचिव सरुवामा रेग्मीको उपाय चल्ने अवस्था थिएन । यो अवस्था बुझेर डिआइजी पोखरेलले कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीलाई प्रयोग गरे । सहसचिव ज्ञवाली पनि डिआइजी पोखरेलका सहपाठी हुन् । त्यस कारण पनि उनीहरूबीच पनि घनिष्ट सम्बन्ध छ । 

स्रोतका अनुसार उनले ज्ञवालीलाई उपयोग गरेर नेकपा केही वरिष्ठ नेताहरूमार्फत कोइरालालाई गृहसचिव बनाउन जोड गरे । तर ती नेताहरूले चासो नदेखाएपछि पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेसम्म पुगेको स्रोतको दाबी छ । जबकि सचिव न्यौपाने अख्तियारमै कार्यरत थिए । यो सबै विषय नियालिरहेको बालुवाटारले अन्ततः न्यौपानेलाई गृहसचिव बनाउने निधो गर्‍यो । 

तर गृहमन्त्रालले भने आइजी ज्ञवालीका ब्याचका तारिणी लम्साल तथा अर्को ब्याचबाट शैलेश थापा र हरि पाललाई एआइजीमा सिफारिस गरेपछि गर्यो । आगामी असारमा प्रधुम्न कार्की र निरजकुमार शाही एआइजी हुने संभावना बढेपछि पोखरेल मैदानबाट किनारा लाग्दैगएका छन् ।

आखिर यो खेल किन त ? 

प्रहरी सङ्गठनको सबैभन्दा माथिल्लो तह प्रहरी महानिरीक्षक बन्ने रहर जोकोही प्रहरी अधिकृतलाई हुन्छ । प्रहरी सङ्गठनको २८औँ आइजिपी बन्ने धुनमा विश्व पोखरेल पनि लागे । त्यसका लागि अहिले एआइजी बढुवा आवश्यक पर्थ्यो । एआइजी बढुवा समितिको अध्यक्ष गृहसचिवनै हुने भएकोले उनले आफू अनुकूल सचिव गृहमा ल्याउन बल गरेका थिए । 

आफूभन्दा झन्डै एक वर्ष सिनियर डिआइजीलाई उछिनेर पोखरेल अहिले एआइजी हुँदै २८औँ प्रहरी महानिरीक्षक बन्ने सपनामा लागेपछि प्रधानमन्त्री निकटका केही व्यक्तिहरूले यस्तो अस्वस्थ खेल प्रहरीमा नचल्ने भन्दै उनलाई हप्काएका पनि थिए । 

तर गृहमन्त्रालले भने आइजी ज्ञवालीका ब्याचका तारिणी लम्साल तथा अर्को ब्याचबाट शैलेश थापा र हरि पाललाई एआइजीमा सिफारिस गरेपछि गर्यो । आगामी असारमा प्रधुम्न कार्की र निरजकुमार शाही एआइजी हुने संभावना बढेपछि पोखरेल मैदानबाट किनारा लाग्दैगएका छन् ।

यस्तो अवस्थामा उनी आइजिपी हुने सम्भावना टर्दै गएको छ । शक्तिको दुरुपयोग गर्दै डिआइजी बनेका पोखरेल अनुकूलका गृहसचिव ल्याउन असमर्थ बनेपछि उनको महत्वाका‌ंक्षामा तुसारो परेको छ । कुनै पनि बहानामा गृहसचिव सरुवाको चलखेलमा लागेका पोखरेलले आफू निकट प्रहरी अधिकारीहरूलाई भन्ने गरेका छन्-  ‘गृहसचिव न्यौपानेको सरुवा नगरी बढुवाको बाटो खुल्ने संभावना देखिँदैन, त्यसकारण सरुवामा ध्यान दिनुपर्छ ।'

प्रहरी निरीक्षकको तालिममा ११ नम्बरमा रहेका पोखरेल डिएसपी हुँदा १९ नम्बरमा पुगेका थिए । १९ नम्बरमा रहेका तत्कालीन एसपी पोखरेललाई तत्कालीन उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारको सेटिङमा तत्कालीन गृहसचिव नवीन घिमिरेले पाँच नम्बरमा एसपी बनाएका थिए । उनै घिमिरे गृहसचिव रहेकाबेला पोखरेलले मोरङ जिल्लाको कमान्ड सम्हाल्ने मौका पाएका थिए । 

पोखरेल काँग्रेस सरकारको पालामा सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई प्रभावमा पारेर सिनियर ब्याचीलाई समेत पछि पार्दै एसएसपी बनेका थिए । नेकपाको सरकार गठन भएपछि पनि उनी पुरानै जुक्ति निकालेर सबैलाई पाखा लगाउँदै डिआइजी भएका थिए । तर उनको अप्राकृतिक चलखेलमा अहिले आएर ‘ब्रेक’ लागेको छ । 

यो पनि