असोज ०६, २०८१, आइतबार
               

युवराज खतिवडा पुनः मन्त्री नियुक्त

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

काठमडौं । डा. युवराज खतिवडा पुनः मन्त्री पदमा नियुक्त भएका छन् । 

मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।

राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि खतिवडाले मङ्गलबार आफ्नो पदबाट राजीनमा दिएका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा (१) बमोजिम खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । 

खतिवाडाले अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने छन् । 

डा. खतिवडाले आज ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् ।

संविधान अनुसार, डा. खतिवडा अबको ६ महिनासम्म मन्त्री रहनेछन् । यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः मन्त्रीबाट हट्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि