जेठ ०१, २०८१, मंगलबार
               

चार जना फरार अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

सिराहामा विभिन्न मुद्दामा फरार र लागुऔषधसहित प्रहरीले आज एकै दिन चार जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार लहान नगरपालिका–११ निवासी २२ वर्षीय दिनेश साह र डाँका मुद्दामा फरार सिरहाको गोलबजार नगरपालिका–५ निवासी ४० वर्षीय दिलीप भन्ने विजय महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले साहलाई घरबौ र महतोलाई जिल्लाको अर्नमा गाउँपालिका–३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यस्तै लागुऔषधसहित आजै लहान नगरपालिका–४ श्रीजी डिपार्टमेन्ट स्टोर नजिकैबाट लहान नगरपालिका ५ निवासी २१ वर्षीय दीपेन्द्रकुमार यादव र २१ वर्षीया विपना मानन्धरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि