असोज ०६, २०८१, आइतबार
               

तस्करीको अनौठो शैली, फलामभित्र सुन

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौंबाट वीरगंज जाँदै गरेको बसमा भारतीय नागरिकले लुकाएर लैजान थालेको ६ किलो सुन मकवानपुर प्रहरीले बरामद गरेको छ । सुन ओसार्ने भारतीय नागरिक ४२ वर्षीय अब्दुल मजिदलाई प्रहरीले पक्राउ गरेको छ ।

फलामको वेरिङभित्र गोलो आकार बनाएर राखिएको सुनका आठ वटा गोलाकार ढिका प्रहरीले बरामद गरेको हो । वेरिङलाई वेल्डिङ गरेर सुन भएको थाहा नहुने गरि भारततर्फ लैजाने प्रयास गरिएको प्रहरीले जानकारी दिएको छ ।

मकवानपुरका एसपी सुशिलसिंह राठौरले वेल्डिङ गरेको फलाम काटेर सुन निकाल्न ५ घण्टा लागेको बताएका छन् । प्रहरीका अनुसार तस्करीमा कडाई भएपछि झुक्याउन फरक शैली अपनाइएको बताएका छन् । 

गोप्य सूचनाको आधारमा प्रहरीले हेटौंडाको रातमाटे चेकपोष्टमा सो सुन बरामद गरेको हो । बरामद सुनको तौल ६ किलो २ सय ८९ ग्राम रहेको राठौरले जानकारी दिए । 

राठौरले भने, ‘नयाँ शैलीले तस्करी गर्न खोजिएको भए पनि बरामद गर्न सफल भयौं । अनुसन्धानका लागि सुन र पक्राउ मानिसलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएका छौं ।’

सुनसँगै पक्राउ परेको मजिद भरियामात्र हुन सक्ने प्रहरीको अनुमान छ । तस्कारीमा संलग्न मुख्य व्यक्ति पहिचान गरि पक्राउ गर्ने प्रयास भइरहेको राठौरले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि