असोज ०६, २०८१, आइतबार
               

लठ्याउने औषधि खुवाएर लुटपाट गर्ने चार पक्राउ

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

 लठ्याउने औषधि खुवाएर नगद तथा गहना लुटपाट गर्दै आएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।  नवलपरासी, चितवन नवलसरासीका पूर्व–पश्चिमलगायत विभिन्न जिल्लामा लुटपाट गरी आतंकित पार्ने चारै जनालाई पक्राउ गरी कारबाही थालिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

गोरखाका विभिन्न तीन ठाउँमा लुटपाट मच्चाउनेमा बारा जिल्ला निजगढ गाउँपालिका ७ का ३८ वर्षीय कृष्ण विक र सुनसरी जिल्ला इटहरी नगरपालिका ४ खनारका ४५ वर्षीय प्रदीप चौधरी, गोरखा बारपाक घर भएका हाल रत्ननगर ४ चितवन बस्ने ४६ वर्षीय प्रकाश गुरुङ, उदयपुर रानीबास गाउँपालिका–२ सालघारीका ५३ वर्षीय अमृत राना, बारा जिल्ला निजगढ गाउँपालिका ७ का ३८ वर्षीय कृष्ण विक र सुनसरी जिल्ला इटहरी नगरपालिका ४ खनारका ४५ वर्षीय प्रदीप चौधरीलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए ।

नवलपरासीको बर्दघाट (सुस्तापूर्वं)  र कावासोती नगरपालिका ३ संगमचोकबाट उनीहरूलाई गत शुक्रबार प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई डाँडा मुद्दा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको एसपी अधिकारीले जानकारी दिए ।

उनीहरूले गत माघ २० गते गोरखा नगरपालिका–५ नाङ्लेपानीकी भवानी आचार्यको रिङ, तिलहरी दुईथान, मोबाइल र ४० हजार रुपैयाँ नगद लुटेका थिए । त्यस्तै, २६ माघमा गोरखा नगरपालिका–८ हरमटारीकी सन्तुमाया रम्तेलको सुनको रिङ, ढुङ्ग्री र नगद १२ हजार लुटेका प्रहरीले जनाएको छ ।

त्यस्तै, सहिद लखन गाउँपालिका–९ नाम्जुङकी जमुना बरामको रिङ, दुईथान, तिलहरी दुई थान र सुनको टिका एक थान चोरी गरेको खुलेको प्रहरीले जनाएको छ । लुटिने सबैलाई जुसमा बेहोस बनाउने औषधि खुवाएर लठ्याई लुटपाट गरेको पक्राउ परेका सबैले स्वीकार गरेको प्रहरीले दाबी गरेको छ।
 


कस्तो लाग्यो ?

यो पनि