बैशाख २५, २०८१, मंगलबार
               

सिद्धबाबा अदालतमा हाजिर

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

सिद्धबाबा कृष्णदासजी महाराज अदालती निर्णयको सम्मान गर्दै अदालतमा हाजिर भएका छन् ।

उच्च अदालत, विराटनगरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिनुभन्दा अगाडि उनी आफ्ना गुरुहरूलाई भेट्न भारत गएका थिए । भारतबाट फर्किए लगत्तै उनी सुनसरी जिल्ला अदालतमा हाजिर भएका हुन् ।

एक महिलाले आफू सिद्ध बाबाबाट बलात्कृत भएको उजुरीको आधारमा अदालतले उनलाई कारागारमा राखेर मुद्दा अगाडि बढाउने निर्णय गरेको थियो । तर, सिद्ध बाबाले त्यो आरोपको खण्डन गर्दै आइरहेका छन् । साथै उनले अदालतमा आफ्ना विरुद्ध प्रमाणका रूपमा पेस गरिएको भनिएको अडियो रेकर्ड आफ्नो नरहेको दाबी गर्दै आइरहेका छन् । नेपाल प्रहरीको फरेन्सिक विभागले समेत सो अडियो रेकर्ड र बाबाको आवाज शतप्रतिशत मिलान नभएको रिपोर्ट अदालतमा बुझाएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि