असोज ०६, २०८१, आइतबार
               

विद्यालयमा शेर्पा पोसाक

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

ओखलढुङगाको  पात्लेमा रहेको जनता आधारभूत विद्यालयमा विद्यर्थीका लागि शेर्पा पोसाक व्यवस्थापन समितिले शेर्पा जातिको पोसाकलाई विद्यालयको पोसाकको रूपमा प्रयोग गरेका छन् । कक्षा– ८ सम्म पढाइ हुने उक्त विद्यालयका एक सय विद्यार्थी र ९ शिक्षकले यो पोसाक लगाउन सुरु गरेका हुन्।

आधुनिकता र सामाजिक सञ्जालले बालबालिकाले आवश्यकताभन्दा फरक पोसाक लगाउने गर्दा समाजमा नकारात्मक सन्देश जाने र आफ्नो जातीय वेशभूषाको संरक्षण विद्यालयस्तरबाटै गर्न शेर्पा पोसाकको व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताए।

यस वर्ष पहिलोपटक भएकाले सुरुवातमा उनी आफैँले तीन लाख ५० हजार लगानी गरेर एक सय विद्यार्थी र ९ शिक्षकलाई पोसाक उपलब्ध गराएको उनले बताए।

विद्यालयले आइतबार र सोमबार नेपाल सरकारले तोकेको पोसाक, मंगलबार, बुधबार शेर्पा पोसाक र बिही्बार र शुक्रबार खेलकुद पोसाक लगाउनुपर्ने व्यवस्था गरेको छ। शेर्पा विद्यार्थी मात्र रहेको विद्यालयमा शिक्षकले समेत पोसाक अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ। यसरी जातिय पोसाक प्रयोग गर्ने यो ओखलढुङगाको पहिलो विद्यालय हो।


कस्तो लाग्यो ?

यो पनि