असोज ०६, २०८१, आइतबार
               

नेपाल–भारत समन्वय समितिको बैठक बुधबार

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बुधबार बैतडीमा बस्दै छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक बस्न लागेको हो । 

    बैठकमा  पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहभागिता रहने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा सञ्चालन हुने बैठकमा पिथौरागढ, बैतडी र दाुर्चलामा सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहने भएको छ ।  

सीमामा नागरिकलाई हुने समस्या, भारतीय पेन्सनधारीलाई भएको समस्या, शान्ति सुरक्षा, मानव बेचबिखन, अवैध हातहतियार, वन्यजन्तु ओखटोपहार कारोबार, दुवै देशलाई असर पुर्‍याउने बाढीपहिरो नियन्त्रण, शरणार्थी, अवैध उत्खनन्, अवैध मुद्रा नियन्त्रण, कोरोना भाइरसलगायतका विषयमा छलफल हुने जनाइएको छ ।  

बैठकमा दुईपक्षीय बहुपक्षीयका विभिन्न २१ बुँदामा छलफल हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । दुई देशको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा पहिलोपटक बस्न लागेको हो । 


कस्तो लाग्यो ?

यो पनि