बैशाख २५, २०८१, मंगलबार
               

बन्दले जनजीवन प्रभावित

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

दाङ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले गरेको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ। 

मोर्चाले आह्वान गरेको दुई दिने बन्दको पहिलो दिन आज (मंगलबार) बन्दको प्रभाव परेको छ।

बन्दका कारण दाङका शैक्षिक सस्था, यातायातका साधन, व्यापार व्यवसाय ठप्प छन्। 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, बजारमा फाटफुट सवारी साधन चले पनि लामो दूरीका सवारी साधनहरु नचलेको 

थारु समुदायलाई सरकारले विभिन्न किसिमको विभेद गर्दै आएको भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते दुई दिन तराईका जिल्लामा आम हड्तालको घोषणा गरेको छ। 

विगतमा उठाइएको आफ्ना माग सरकारले पूरा नगरेकाले बन्दको आयोजना गरिएको थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक जनकुलाल चौधरीले जानकारी दिए । 

बन्दमा अत्यावश्यक सवारी साधनहरु एम्बुलेन्स, शव बाहन, दुध बोक्ने, औषधिजन्य, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटन, पत्रकार, कूटनीतिक नियोगका सवारी साधनहरु सञ्चालनमा रोक नलगाउने मोर्चाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि